फेरि विवादमा बलिउड अभिनेत्री ज्याक्लिन
काठमाडौं— बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिज फेरी विवादमा परेकी छन्।
ज्याक्लिनलाई भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले फेरि बयानका लागि बोलाएपछि उनी विवादमा परेकी हुन्।
ज्याक्लिनलाई ईडीले आज मनी लाउन्डरिङ केसमा आज बयानका लागि बोलाएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। उनलाई कथित ठग सुकेश चन्द्र शेखरसँग जोडिएको मनी लाउन्डरिङ केसमा ईडीले बयानका लागि बोलाएको बताइएको छ।
ज्याक्लिनका पूर्वप्रेमी समेत रहेको बताइने सुकेशसँगको सम्बन्धका कारण ज्याक्लिनलाई पटकपटक ईडीले बयान लिएको छ। यसअघि सुकेशबाट ज्याक्लिनले महँगो उपहार लिएको विषयमा पनि सोधपुछ भएको थियो।
प्रकाशित मिति: बुधबार, असार २६, २०८१ १२:३६