धिरज र उपासनाको कुस्मा असोज ३ मा रिलिज हुने
काठमाडौं— फिल्म कुस्माको प्रदर्शन मिति तय गरिएको छ। निर्माण पक्षले कुस्मा आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेको छ।
धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको कुस्मालाई अशोक थापा मगरले निर्देशन गरेका हुन्।
लभ स्टोरी फिल्म भनिएको यस फिल्म धिरज र उपासना बाहेक माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन लगायतको अभिनय रहेको छ।
प्रकाशित मिति: आइतबार, असार २३, २०८१ १२:५६