News Griha :: न्यूजगृह
बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वार्टरफाइनलमा 

काठमाडौं— फ्रान्स जारी युरोकपको क्वार्टरफाइनलमा पुगेको छ।

राउन्ड १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो।

फ्रान्सको जितमा खेलको ८५औं मिनेटमा राण्डल कोलो मुआनीले प्रहार गरेको बल बेल्जियमका जान भेर्टोन्गहेनलाई लागेर गोल भएको थियो।

यो जितपछि फ्रान्स क्वार्टरफाइनलमा पुगेको छ र क्वार्टरफाइनलमा पोर्चुगलसँग खेल्ने छ। यो हारसँगै बेल्जियमको युरोकप यात्रा भने टुङ्गिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०७:३५
Weather Update