News Griha :: न्यूजगृह
युरोकपमा आजराति स्पेन र जर्जिया भिड्दै

काठमाडौं — जारी युरोकप अन्तर्गत आज स्पेन र जर्जियाबीच खेल हुँदै छ। यो खेल नेपाली समय अनुसार राति पौने १ बजे देखि सुरु हुनेछ।

समूह बी मा रहेको स्पेनले समूह चरणका सबै खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा रहेर नक आउट चरणमा पुगेको छ। त्यस्तै जर्जियाले समूह चरणमा ३ खेलमा ४ अंक हासिल गरेर तेस्रो हुँदै नक आउट चरणमा पुगेको छ।

स्पेनले समूह चरणको पहिलो खेलमा क्रोसियालाई ३–० ले, दोस्रो खेलमा इटालीलाई १–० ले र तेस्रो खेलमा अल्बानियालाई १–० ले पराजित गरेको थियो। त्यस्तै जर्जिया पहिलो खेलमा टर्कीसँग ३–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेलेको थियो। त्यस्तै तेस्रो तथा अन्तिम खेलमा पोर्चुगललाई २–० ले पराजित गरेको थियो।

स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ। स्पेनले सन् १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो। त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो। जर्जिया भने पहिलो पटक युरोकप खेलिरहेको छ र नकआउट चरणमा पुगेको छ। 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:०४
Weather Update