क्यानडा कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा

काठमाडौं — क्यानडा कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।
समूह चरणको अन्तिम खेलमा चिलीसँग गोल रहित बराबरी खेलेसँगै क्यानडा प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो।
क्यानडाको ३ खेलमा ४ अंक रहेको छ र समूहमा दोस्रो हुँदै क्वार्टरफाइनलमा पुगेको हो। यो बराबरीसहित चिली कोपा अमेरिकाबाट बाहिरिएको छ।
त्यस्तै समूह ए को अर्को खेलमा पेरु अर्जेन्टिनासँग २–० ले पराजित भएसँगै बाहिरिएको छ।
प्रकाशित मिति: आइतबार, असार १६, २०८१ ०८:१७