News Griha :: न्यूजगृह
जर्मनी युरोकपको अन्तिम आठमा

काठमाडौं — डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गएराति डर्टमन्डमा भएको अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो।

घरेलु टोली जर्मनीको जितमा काई हाभट्ज र जमाल मुसाइलाले एक–एक गोल गरे। पहिलो हाफको ३५ औँ मिनेटमा खराब मौसमका कारण खेल केहीबेर स्थगित भएको थियो। फेरि सुचारु भएको खेलको ५३ औँ मिनेटमा जर्मनीले पेनाल्टी पायो। त्यसलाई हाभट्जले गोलमा परिणत गरेका हुन्। य

स्तै खेलको ६८ औँ मिनेटमा गोल गर्दै मुसाइलाले जर्मनीको जित सुनिश्चित गरे। गएराति नै भएको अर्को खेलमा साविक विजेता इटाली प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको छ। स्विट्जरल्यान्डसँग २–० गोल अन्तरले पराजित हुँदै इटाली प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको हो।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०७:५५
Weather Update