News Griha :: न्यूजगृह
इटालीलाई हराउदै स्विट्जरल्याण्ड युरोकपको क्वार्टरफाइनलमा

काठमाडौं— स्विट्जरल्याण्ड युरोकपको क्वार्टरफाइनलमा पुगेको छ।

युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २–० गोल अन्तरले पराजित गर्दै स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा पुगेको हो।

स्विट्जरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एकएक गोल गरेका थिए। योसँगै युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली यस बर्षको युरोकपबाट बाहिरिएको छ।

अब क्वार्टरफाइनलमा स्विट्जरल्याण्डले इङ्ल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ।     

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०७:१०
Weather Update