News Griha :: न्यूजगृह
सुनिल खड्काले जिते कमेडी च्याम्पियन तेस्रो संस्करणको उपाधि

काठमाडौं— चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करणको उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन्।

शनिबार साँझ भएको ग्राण्ड फिनालेमा दुईजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्।

उनले २५ लाख नगदसहित विद्युतीय कार लगायतका अन्य पुरस्कार पाएका छन्। फस्ट रनरअप सुनसरीका ऋषभ काफ्ले हुँदा सेकेन्ड रनरअप नवलपुरकी सुयाशा खनाल भइन्।

फस्ट र सेकेन्ड रनरअपले भने एक–एक वटा स्कुटर पुरस्कार पाएका छन्।

यसअघि पहिलो सिजनमा हिमेश पन्त र दोस्रो सिजनमा भरतमणि पौडेल विजेता बनेका थिए।

‘कमेडी च्याम्पियन सिजन ३’ मा २ हजारले डिजिटल अडिसन दिएका थिए। जसमध्ये प्रि–जजिङ हुँदै १ सय ३२ जनालाई फिजिकल अडिसनको लागि छानिएको थियो।

जसबाट टप ३०, १६ र १० हुँदै शोको फिनालेमा तीनजना प्रतिस्पर्धी पुगेका थिए।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १९:५२
Weather Update