News Griha :: न्यूजगृह
कोपा अमेरिकामा उरुग्वेको लगातार दोस्रो जित

काठमाडौं— उरुग्वेले जारी कोपा अमेरिकामा लगातार दोस्रो जित हासिल गरेको छ। शुक्रबार बिहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई ५-० गोल अन्तरले पराजित गरेको हो।

उरुग्वेको जितमा फाकुनडो पेलिस्ट, डार्विन नुनेज, म्याक्सिमिलियानो अराउजो, फेडेरिको भाल्भर्डे र रोड्रीगो बेनटानचरले एक/एक गोल गरेका थिए।

उरुग्वेले यसअघि पहिलो खेलमा पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो।

यो जितपछि उरुग्वेले समुह सी मा २ खेलमा ६ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ। उरुग्वेको क्वार्टरफाइनलमा पुग्ने निश्चित जस्तै रहेको छ।

समूह चरणको अन्तिम खेलमा उरुग्वेले अमेरिकाको सामना गर्ने छ भने पानामाले बोलिभियाको सामना गर्ने छ । 
        

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०९:१७
Weather Update