News Griha :: न्यूजगृह
इङ्ग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा 

काठमाडौं— भारत आईसीसी टी२०  विश्वकपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न सेमिफाइनल खेलमा इङ्ग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।

दोस्रो सेमिफाइनलमा इङ्ग्ल्याण्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक टी२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो। भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा १०३ रनमा समेटियो। 

इङ्ग्ल्याण्डका ओपनर जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे । पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित बुम्राहद्वारा बोल्ड आउट भए।​

Liam Livingstone walks back after being run out, England vs India, T20 World Cup semi-final, Providence, Guyana, June 27, 2024जोनी बेयरस्टो र मोइन अलीलाई पनि पटेलले सस्तैमा पेभेलियनको बाटो देखाए। स्याम करन कुलदीप यादवको बलमा २ रन बनाएर आउट भए। त्यसपछि केही आशालाग्दो सुरुवात गरेका ह्यारी ब्रुक पनि १९ बलमा २५ रन बनाएर कुलदीपकै शिकार बने।

क्रिस जोर्डन १, लियम लिभिङस्टोन ११ र आदील रशिद २ रन बनाएर पेभेलियन फर्किए। जोफ्रा आर्चरले अन्तिम तिर केही विस्फोटक ब्याटिङ गर्ने प्रयत्न गरेपनि बुम्राहको बलमा आउट भए। उनले १४ बलमा २१ रन बनाएका थिए।

भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३ विकेट लिए। जसप्रित बुम्राहले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७१ रन बनाएको थियो। भारतका ओपनर तथा कप्तान रोहित शर्माले ३९ बलमा ५७ रन प्रहार गर्दै राम्रो सुरुवात दिलाएका थिए । उनले ६ चौका र २ छक्का प्रहार गरे।

Chris Jordan gone, and that's Kuldeep Yadav's thirdयस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन जोडे। हार्दिक पाण्ड्याले १३ बलमा २७ रन बनाए भए रविन्द्र जडेजा ९ बलमा १७ रनमा नटआउट रहे । अक्षर पटेल १० रनमा अविजित रहे।

इङ्ग्ल्याण्डका लागि क्रिस जोर्डनले ३ विकेट लिएका थिए। रिस टोप्ली, जोफ्रा आर्चर, स्याम करन र आदिल रशिदले समान १ विकेट लिएका थिए।

Axar Patel sent back Moeen Ali for his third wicket, England vs India, T20 World Cup semi-final, Providence, Guyana, June 27, 2024भारतले फाइनलमा दक्षिण अफ्रिकासँग शनिबार प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो।

दक्षिण अफ्रिकाको यो कुनै पनि क्रिकेट विश्वकपमा पहिलो फाइनल हो। सन् २००७ को पहिलो संस्करण जितेको भारतले तेस्रो पटक फाइनल खेल्नेछ। सन् २०१४ मा भारत श्रीलंकासँग फाइनलमा पराजित भएको थियो। 

Moeen Ali tried to make his way back, but Rishabh Pant was too quick for him, England vs India, T20 World Cup semi-final, Providence, Guyana, June 27, 2024

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०६:१४
Weather Update