News Griha :: न्यूजगृह
भारतविरुद्ध इङ्ग्ल्याण्डले टस जित्यो, रोज्यो फिल्डिङ 

काठमाडौं— आईसीसी टी२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा इङ्ग्ल्याण्डले टस जितेर पहिलो फिल्डिङ गर्ने भएको छ।

भारतले पहिलो ब्याटिङको निम्तो पाएको छ।

प्रतियोगितामा अपराजित रहेको भारतले टोलीमा कुनै परिवर्तन गरेको छैन।

इङ्ग्ल्याण्डले सुरुवाती खेलमा बेन्चमा रहेका साम करनलाई आजको खेलमा पनि समावेश गरेको छ।

यस खेलको विजेताले दक्षिण अफ्रिकासँग फाइनल खेल्नेछ। 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २१:२४
Weather Update