ए डिभिजन लिग : आज तीन खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज तीन खेल हुँदै छन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे र साँझ ६ बजे हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमो फ्रेन्ड्स क्लब र १०औँ स्थानमा रहेको न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । ११ अङ्कसहित फ्रन्ड्स १२औँ र १३ अङ्कसहित एनआरटी १०औँ स्थानमा छन् ।
रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज २१ अङ्कका साथ तेस्रो स्थानमा छ भने आर्मी १६ अङ्कका साथ पाँचौँ स्थानमा छ ।
त्यस्तै एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लवबीच खेल हुनेछ । मनाङ अङ्क तालिकाको सातौँ स्थानमा छ भने पुलिस १४औँ स्थानमा छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० ११:०१