News Griha :: न्यूजगृह
जर्जियासँग पोर्चुगल २–० ले स्तब्ध

काठमाडौं— पोर्चुगल जर्जियासँग स्तब्ध भएको छ। गएराति सम्पन्न जारी युरोकपको समूह चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगललाई २–० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो।

जर्जियाको जितमा खभिचा भारतखेलिया र जर्जस मिकाउटाजेले एक–एक गोल गरेका थिए। यो जितपछि समूह एफ मा जर्जिया तेस्रो स्थानमा रहँदै नक आउट चरणमा पुगेको छ।

त्यस्तै हारका बाबजुद पोर्चुगल समूहमा शीर्ष स्थानमा रहेको छ। त्यस्तै समूह एफमा टर्कीले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको छ र समूहमा दोस्रो हुँदै नक आउट चरणमा छनौट भएको छ। यो समूहबाट चेक रिपब्लिक बाहिरिएको छ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०६:४०
Weather Update