News Griha :: न्यूजगृह
युरोकप: समूह ‘सी’बाट इङ्ल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा 

काठमाडौं—  जारी युरोकपको समूह सी बाट इङ्ल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन्।

गएराति सम्पन्न खेलमा इङ्ल्याण्ड र स्लोभेनिया गोल रहित बराबरीमा रोकिएका छन् भने डेनमार्क र सर्बिया पनि गोल रहित बराबरीमा रोकिएका थिए।

यी बराबरीपछि इङ्ल्याण्ड समूह सी मा ३ खेलमा ५ अंकसहित शीर्ष स्थानमा रहँदै नक आउट चरणमा पुगेको छ।

त्यस्तै डेनमार्क र स्लोभेनिया भने ३-३ को बराबरी अंक र गोल अन्तर पनि बराबर भएपछि दुवैबीच भएका पछिल्ला खेलको हेड टु हेडको आधारमा डेनमार्क दोस्रो स्थानमा रहँदै नक आउटमा छनौट भएको छ।

त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेपनि नक आउट चरणमा भने स्थान बनाएको छ। तेस्रो स्थानमा रहने ६ समूहका शीर्ष चार देशले नक आउट चरणमा स्थान बनाउने छन्।

त्यस्तै समूह सी बाट सर्बिया भने ३ खेलमा २ अंक हासिल गरेपनि बाहिरिएको छ। 
        

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०८:००
Weather Update