एसीसी प्रिमियर कप क्रिकेटमा कुबेत–सिंगापुर, कतार–मलेसिया भिड्दै

काठमाडौं— एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन् ।
कीर्तिपुरस्थित खेल मैदानमा कुबेत र सिंगापुरबीच प्रतिस्पर्धा हुने छ भने मुलपानी मैदानमा कतार र मलेसियाबीच प्रतिस्पर्धा हुने छ । दुवै खेल बिहान पौने ९ बजे सुरु हुने छ ।
यसअघि मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरब दुबै टोलीले १–१ अंक बाँडेका थिए ।
वर्षाकै कारण हङकङ र बहराइनबीचको खेल रद्द हुन पुगेको थियो । उनीहरूले पनि १–१ अंक बाँडेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० ०७:१५