News Griha :: न्यूजगृह
टी२० विश्वकप: बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा 

काठमाडौं— टी२० विश्वकपको सुपर–८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ। ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो।

बंगलादेशका ओपनर लिटन दासले ५०, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए। 

अफगानिस्तानको जितका लागि कप्तान राशिद खान र नवीन उल हकले ४–४ र फजलहक फारुकी र गुलबदिन नाबी एक/एक विकेट लिए।

यसअघि सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो।

अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४३, कप्तान राशिद खानले १९, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन जोडे।

बंगलादेशका रिशाद होसैनले तीन तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले एक/एक विकेट लिए।

यो खेलसँगै सेमिफाइनलको समीकरण पनि पूरा भएको छ। सुपर–८ को समूह १ बाट भारत शीर्ष स्थान र अफगानिस्तान दोस्रो हुँदै सेमिफाइनल पुगे। अष्ट्रेलिया सुपर–८ बाटै बाहिरिएको छ।
समूह–२ बाट साउथ अफ्रिका शीर्ष स्थानमा रहँदा इङ्ल्याण्ड दोस्रो भएर सेमिफाइनलमा पुगेको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ११:१८
Weather Update