News Griha :: न्यूजगृह
अफगानिस्तानले बङ्गलादेशलाई दियो ११६ रनको लक्ष्य

काठमाडौं— अफगानिस्तानले बहुलदेशलाई ११६ रनको लक्ष्य दिएको छ ।

जारी टी- २० विश्वकप अन्तर्गत सुपर आठको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको हो । 

अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए भने कप्तान राशिद खानले १९ रन बनाएका थिए ।

त्यस्तै बङ्गलादेशका बलर रिशाद हुसैनले ३ विकेट लिएका थिए ।   

सेमिफाइनलमा पुग्न अफगानिस्तानलाई यो खेल जित्न अनिवार्य छ । त्यस्तै बङ्गलादेशले यो लक्ष्य १२.३ ओभरमा पुरा गरेमा सेमिफाइनलमा पुग्ने छ । 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०८:४२
Weather Update