News Griha :: न्यूजगृह
अपराजित रहँदै भारत सेमिफाइनलमा, अस्ट्रेलिया 'सुपर–८'बाटै बाहिरिन सक्ने  

काठमाडौं— अस्ट्रेलियालाई हराउँदै भारत आईसीसी टी२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। गएराति भएको खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो।

भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो।

Travis Head goes big, Australia vs India, T20 World Cup Super Eight, Gros Islet, June 24, 2024अस्ट्रेलियाका लागि ट्राभिस हेडले ७६, कप्तान मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २०, टिम डेभिडले १५ र प्याट कमिन्सले नटआउट ११ रन बनाए।

Travis Head will have a go at everything, even if it's out of reach, Australia vs India, T20 World Cup Super Eight, Gros Islet, June 24, 2024बलिङतर्फ भारतका अर्शदीप सिंहले ३, कुलदिप यादवले २  तथा जसप्रित बुमराह र अक्षर पटेलले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो।

Kuldeep Yadav got rid of Glenn Maxwell, Australia vs India, T20 World Cup Super Eight, Gros Islet, June 24, 2024भारतका लागि कप्तान रोहित शर्माले ९२, सूर्यकुमार यादवले ३१, शिवम् दुबेले २८, हार्दिक पाण्डेयले नटआउट २७ र रिषभ पन्तले १५ रन बनाए।

Axar Patel's one-handed stunner got Mitchell Marsh, Australia vs India, T20 World Cup Super Eight, Gros Islet, June 24, 2024बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान २–२ तथा जोश हेजलवुडले १ विकेट लिए।
भारतले अब सेमिफाइनलमा इङ्ग्ल्याण्डसँग खेल्नेछ। अस्ट्रेलिया भने बाहिरिने सम्भावना बलियो बनेको छ।

Glenn Maxwell got the rewards from his reverse sweeps, Australia vs India, T20 World Cup Super Eight, Gros Islet, June 24, 2024आज बिहान हुने अफगानिस्तान र बङ्गलादेशबीचको खेलले अस्ट्रेलियाको भाग्य निर्धारण गर्ने छ। अफगानिस्तानले जिते अस्ट्रेलिया बाहिरिनेछ। सुपर एटको अन्तिम खेलमा आज बिहान यी दुई टोलीबीच खेल हुनेछ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०६:१२
Weather Update