वर्षाका कारण रोकिएको भारत र अस्ट्रेलियाबीचको खेल पुन: सुरु
-1719241944.jpg)
काठमाडौं— आईसीसी टी२० विश्वकपमा भारत र अस्ट्रेलियाबीचको खेल पुन: सुरु भएको छ। यसअघि वर्षाका कारण खेल रोकिएको थियो ।
सोमबार टस हारेर ब्याटिङमा आएको भारतले ४.१ ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।
६.१ ओभरमा भारतले एक विकेटको क्षतिमा ६८ रन बनाएको छ। भारतका कप्तान रोहित शर्मा ५२ रनमा क्रिजमा छन्। त्यस्तै ऋषभ पन्त १५ रनमा खेलिरहेका छन्। त्यसअघि भारतले ओपनर विराट कोहलीलाई शून्यमा गुमाएको थियो ।
सेमिफाइनलमा पुग्न आज अस्ट्रेलिया जितको दबाबमा छ ।
प्रकाशित मिति: सोमबार, असार १०, २०८१ २०:५९