News Griha :: न्यूजगृह
वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर

काठमाडौं— बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन्। सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा आइतबार विवाह गरेका हुन्।

सोनाक्षी र जहीरको परिवारले हिन्दु न मुस्लिम रीतिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए, त्यसैले उनीहरूले कोर्ट म्यारिज गरेका थिए।

विवाह दर्तापछि उनीहरूले मुम्बईको बर्लीमा रिसेप्सनको आयोजना गरेका थिए, जसमा धेरै राजनीतिज्ञ, कलाकार र उद्योगपतिको सहभागिता रहेको थियो। विवाहपछि सोनाक्षी र जहीरले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सात वर्षदेखिको सम्बन्धलाई विवाहमा परिणत गरेको उल्लेख गरेका छन्।

उनीहरूले भनेका छन्, ‘हामी दुवैको परिवार र भगवानको आशीर्वादले विवाह गरेका हौँ। सात वर्षअघिको आजको दिन हामी दुवैले एकअर्काको आँखामा माया देखेका थियौँ। हामीले प्रेमलाई सबैभन्दा शुद्ध रूपमा देख्यौँ र यसलाई कायमै राख्ने निर्णय गरेका थियौँ। यस प्रेमले हामीलाई चुनौती र सफलताहरू पार गरेको छ र हामी यो क्षणमा आइपुगेका छौं जहाँ हाम्रो परिवार र भगवान दुवैको आशीर्वादले हामी अहिले पति र पत्नी बनेका छौं।'

विवाह समारोहमा दम्पतीका नजिकका साथीभाइ र परिवारका सदस्य सहभागी थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०९:३४
Weather Update