काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी [अपडेट]
![काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी [अपडेट]](https://newsgriha.com/uploads/posts/dubai palene1682352098.jpg)
काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ ।
उडान भरेको केहीबेरमै जहाजमा आगलागी भएको विमानस्थलका एक कर्मचारीले जानकारी दिए ।
जहाजमा आगलागी हुँदा ठूलो आवाज आएकाे ती कर्मचारीकाे भनाइ छ । जहाजको देब्रे इन्जिनमा आगो लागेको टावरलाई जानकारी गराइएको छ ।
विमानस्थलस्रोतका अुनसार जहाजको दायाँ पट्टिको इन्जिनको अवस्था जाँच गरेर के गर्ने भन्ने सल्लाह हुँदैछ ।
जहाज सोमबार साँझ ९ः२० बजे दुबईका लागि उडेको थियो ।
विमानस्थल कार्यालयका प्रमुख प्रतापबाबु तिवारीका अनुसार अहिले जहाजमा देखिएको समस्या समाधान भएको छ । चालक दलले जहाज दुबईतर्फ नै लगेकाे उनले जनाए ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० २१:४२