News Griha :: न्यूजगृह
फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, चिन्ता नगर्नु : नागरिक उड्डयनमन्त्री किराती

काठमाडौं— पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको जहाज सुरक्षित रूपमा आफ्नो गन्तव्यतर्फ गइरहेको जानकारी गराएका छन् ।

सोमबार साँझ ९:२० बजे दुबईका लागि उडान भरेको जहाज केहीबेरमै इन्जिनमा आगलागी भएको खबरसँगै मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत विमान सुरक्षित रूपमा गन्तव्यतर्फ गइरहेको जनाएका हुन् ।

मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन्,‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कोही चिन्ता नगर्नुहोला । सबैलाई शुभयात्रा ।’ 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २२:११
Weather Update