News Griha :: न्यूजगृह
डेनमार्कसँग बराबरीमा रोकियो इङ्ल्याण्ड

काठमाडौं— इङ्ल्याण्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा डेनमार्कले इङ्ल्याण्डलाई १-१ गोलको बराबरीमा रोकेको हो ।

गएराती सम्पन्न खेलमा इङ्ल्याण्डले खेलको १८औ मिनेटमा ह्यारी केनको गोलमा सुरुवाती अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा अंक बाँडेको थियो ।

डेनमार्कका लागि खेलको ३४औं मिनेटमा मोर्टेन हजुलमण्डले डी बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र दुवै देशले एक एक अंक बाँडेका थिए ।

यो बराबरीपछि समुह सी मा इङ्ल्याण्डको २ खेलमा ४ अंक भएको छ भने डेनमार्कको २ खेलमा २ अंक भएको छ ।

अब समुह चरणको अन्तिम खेलमा इङ्ल्याण्डले जुन २६ मा स्लोभेनियासँग र डेनमार्कले सोही दिन सर्बियासँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०७:५५
Weather Update