News Griha :: न्यूजगृह
इटालीलाई हराउँदै स्पेन युरोकपको नकआउट चरणमा

काठमाडौं— स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराति सम्पन्न समुह बी अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

स्पेनको जितमा खेलको ५५औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए । 

यो यस प्रतियोगितामा स्पेनको लागातार दोस्रो जित हो । २ खेलमा ६ अंक हासिल गरेको स्पेन समुह बी बाट नकआउट चरणमा छनौट भएको छ । त्यस्तै इटालीको भने २ खेलमा ३ अंक रहेको छ ।

अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ भने इटालीले सहित दिन क्रोसियासँग खेल्ने तालिका रहेको छ ।
   

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०७:०५
Weather Update