News Griha :: न्यूजगृह
टी२० वरीयतामा दीपेन्द्रको छलाङ, अलराउन्डरतर्फ तीन स्थान सुधार गर्दै पुगे छैटौँ स्थानमा

काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी२० वरीयतामा छलाङ मारेका छन् ।

उनी टी२० अन्तर्राष्ट्रियको अलराउन्डरको वरीयतामा तीन स्थान सुधार गर्दै छैटौँ स्थानमा पुगेका छन्। ऐरीले भारतका हार्दिक पाण्ड्या इङ्ग्ल्याण्डका मोइन अलीलाई पनि पछि पारेका छन्।

टी२० विश्वकपमा तीन खेल हुँदा ऐरीले ६ विकेट र ३२ रन हानेका थिए।

अलराउन्डरको शीर्षस्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस छन्।  दोस्रो स्थानमा श्रीलंकाका वानिडु हसरङ्गा छन्।

तेस्रो स्थानमा बंगलादेशका शाकिब अल हसन छन्। चौथो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी र पाँचौं स्थानमा जिम्बावेका सिकन्दर राजा छन्।

भारतका हार्दिक पाण्ड्या, इङ्ग्ल्याण्डका लियाम लिभिङस्टोन र मोइन अलि  दीपेन्द्रसिंह ऐरीभन्दा पछाडि छन्। 

कप्तान रोहित पौडेल पनि अलराउन्डरमा ११ स्थान सुधार गर्दै ५५ औं स्थानमा छन्। 

टी२० को ब्याटिङ वरीयतामा पनि ६ स्थान सुधार गर्दै ऐरी ४६ औं स्थानमा उक्लिएका छन्।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०९:३१
Weather Update