News Griha :: न्यूजगृह
इङ्ल्यान्डलाई वेस्ट इन्डिजले दियो १८१ रनको लक्ष्य

काठमाडौं— टी२० विश्वकपमा सुपर–८ अन्तर्गत आज भएको खेलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई १८१ रनको लक्ष्य दिएको छ ।

सुपर–८ अन्तर्गत आफ्नो पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि ३४ बलको सामना गेका जोनसन चाल्सले ३८ रन बनाए । यस्तै,  ३२ बल खेलेका किकोलस पुरन र १७ बलको सामना गरेका रोभम्यान पावेलले ३६–३६ रन बनाउँदा १३ बल खेलेर २३ रन जोडेका ब्रेन्डन किङ रिटायर्ड हर्ट भए। शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्डले अविजित ५ रन बनाए ।

इङ्ल्यान्डका अदिल राशिद, जोफ्रा आर्चर, लियाम लिभिङस्टोन र मोइन अलीले समान  एक–एक विकेट आफ्नो नाममा गरे  ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०८:२७
Weather Update