News Griha :: न्यूजगृह
युरोकप: स्विट्जरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए

काठमाडौं— जारी युरोकप अन्तर्गत स्विट्जरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिएका छन् ।

गएराति सम्पन्न खेलमा समूह ए अन्तर्गत स्विट्जरल्याण्ड र स्कटल्याण्ड एक–एक गोलको बराबरीमा रोकिएका हुन् ।

खेलको १६औ मिनेटमा स्कटल्याण्डका स्कट म्याकटोमिनीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने खेलको २६औं मिनेटमा स्विट्जरल्याण्डका लागि जेर्डन शाकिरीले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीपछि स्विट्जरल्याण्डको समूह ए मा २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको भने २ खेलमा एक अंक रहेको छ र तेस्रो स्थानमा छ ।

अब समूह चरणको अन्तिम खेलमा स्विट्जरल्याण्डले जुन २४ मा जर्मनीको सामना गर्ने छ भने स्कटल्याण्डले जुन २४ मै हंगेरीको सामना गर्ने छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०८:११
Weather Update