लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा

काठमाडौं— जर्मनीले जारी युरोकपमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न समुह ए अन्तर्गतको खेलमा जर्मनीले हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।
जर्मनीको जितमा जामल मुसियाला र इक्के गुनडोगानले एक एक गोल गरेका थिए ।
यो जितपछि जर्मनीको समुह ए मा २ खेलमा ६ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । यो जितपछि जर्मनी यस युरोकपको नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ ।
त्यसैगरी हंगेरीले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।
अब जर्मनीले अर्को खेल जुन २४ मा स्विट्जरल्याण्डसँग खेल्ने छ भने हंगेरीले स्कटल्याण्डसँग खेल्ने छ ।
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१ ०७:१५