News Griha :: न्यूजगृह
गायिका अस्मिता र गायक महेशले गरे इङ्गेजमेन्ट 

काठमाडौं — गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इङ्गेजमेन्ट गरेका छन्। केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले इङ्गेजमेन्ट गरेका हुन्।

आफूहरूले इङ्गेजमेन्ट गरेको महेश र अस्मिता आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन्।

'सहयात्राको यो सुरुआत' भन्दै उनले लेखेका छन्, 'वी आर इन्गेज्ड! आई लभ यू ।' 

यस्तै, 'अस्मिताले पनि दुई आत्मा सधैँका लागि एक भएको' भन्दै फेसबुकमा तस्बिर राखेकी छन्। 'टु सोल, वन हर्ट। टुगेदर फरएभर, वी आर इन्गेज्ड,' उनले लेखेकी छन्।

 

May be an image of 1 person

May be an image of 2 peopleतस्बिरः  महेश काफ्लेको फेसबुकबाट। 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ११:४३
समसामयिक
Weather Update