News Griha :: न्यूजगृह
टी२० विश्वकपमा टोलीको खराब प्रर्दशनपछि न्युजिल्यान्डका केनले छोडे कप्तान पद  

काठमाडौं— टी२० विश्वकप २०२४ मा न्युजिल्यान्डको लज्जास्पद हारपछि कप्तान केन विलियम्सनले कप्तान पद त्याग गरेका छन्। साथै उनले न्युजिल्याण्डको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) पनि अस्वीकार गरेका छन्।

केन विलियम्सन अब न्युजिल्यान्ड टोलीको नियमित सदस्य नरहने र ठूला प्रतियोगितामा मात्रै खेल्न सक्ने अनुमान गरिएको छ।

२०२४ को टी२० विश्वकपमा केन विलियम्सनको नेतृत्वमा रहेको न्युजिल्याण्ड टोलीको प्रदर्शन राम्रो रहेको थिएन। न्युजिल्याण्डको टोली सुपर–८ मा पुग्न नसकेर समूह चरणबाटै बिदा भएको थियो।

वेस्ट इन्डिज र अफगानिस्तानसँग न्युजिल्यान्डले लज्जास्पद हार बेहोरेपछि टी२० विश्वकप ट्रफी जित्ने सपना चकनाचुर भयो । यही कारण केन विलियम्सनले न्युजिल्याण्डको कप्तानीबाट राजीनामा दिएका छन्।

केन विलियम्सनले आफूले विदेशी टी२० लिगमा खेल्नुपर्ने भएकाले केन्द्रीय सम्झौता पनि अस्वीकार गरेको बताए । 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १०:५५
Weather Update