News Griha :: न्यूजगृह
टर्कीको युरोकपमा विजयी सुरुवात

काठमाडौं— टर्कीले युरोकपमा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा टर्कीले जर्जियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

टर्कीको जितमा मेर्टमूलडुर,अर्दा गुलेर र मोहमद केरेमले एक एक गोल गरेका थिए । त्यस्तै जर्जियाका लागि जर्ज मिकाउटाडजेले एक गोल गरेका थिए ।

यो जितपछि टर्कीले समुह एफमा महत्वपूर्ण जित हासिल गरेको छ । अब जर्जियाले जुन २२ मा चेक रिपब्लिकसँग खेल्दै छ भने सोही दिन टर्कीले पोर्चुगलको सामना गर्ने छ । 
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०७:४५
Weather Update