News Griha :: न्यूजगृह
रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी 

काठमाडौं— क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप २०२४ अन्तर्गत समूह ‘डी’को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई पराजित गरेको छ।

जर्मनीको लाइपजिगमा गएराति सम्पन्न खेलमा चेक रिपब्लिकविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको हो।

पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे भने अर्को गोल पोर्चुगलले उपहार पाएको थियो। चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गरेको गोल सान्त्वना बन्यो। यस खेलमा कप्तान ३९ वर्षीय रोनाल्डोले कुनै पनि गोल गर्न नसके पनि नयाँ कीर्तिमानी भने राखेका छन्।

रोनाल्डो ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडी बने।  उनले २००४ मा पहिलो युरोकप खेलेका थिए। त्यसयता उनी लगातार छौठौँ पटक सहभागिता जनाएका छन्।

यो जितसँगै जारी युरोकपमा पोर्चुगलले तीन अंक हासिल गर्दै समूह डी को दोस्रो स्थानमा छ। समान खेलबाट समान अंक रहेको टर्की शीर्ष स्थानमा छ।

गएराति नै भएको खेलमा पहिलो पटक युरो कपमा सहभागिता जनाइरहेको जर्जियालाई टर्कीले ३–१ गोलले पराजित गरेको हो।

​प्रतियोगिता अन्तरगत आज जर्मनी र हंगेरी तथा क्रोयसिया र अल्बानिया आमनेसामने हुनेछन्। 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०६:१४
Weather Update