News Griha :: न्यूजगृह
फिल्म ‘फ्लप’ हुँदा पनि पार्टी दिन्छन् रामचरण!   

काठमाडौं— फिल्म ‘आरआरआर’ अभिनेता रामचरणका लागि करियरमा एउटा कोशेढुंगा साबित भयो। फिल्मले उनलाई स्वदेशमा मात्र होइन, विदेशमा उत्तिकै लोकप्रिय बनायो। हालैमात्र उनले ‘आरआरआर’को सफलता र आफ्नो पिताको विरासत सम्हाल्ने विषयमा कुराकानी गरेका थिए।

उनले एक अन्तर्वार्तामा ‘आरआरआर’को सफलतापछि आफू एक हप्तासम्म घरबाट बाहिर नगएको खुलासा गरेका छन्। ‘म फिल्मको सफलतालाई लिएर धेरै दबाब लिन्नँ। ‘आरआरआर’को सफलतापछि पनि मेरो मनोभावमा परिवर्तन आएन। सत्य कुरा भन्दा मेरो कुनै फिल्म ‘फ्लप’ हुँदा पार्टी गर्छु। मलाई सम्झना छ कि जब आरआरआर सफल भयो त्यो समयमा म एक हप्ताका लागि घरबाट बाहिर गइँन। मलाई निकै राहत महशुस भयो। म तनावमुक्त भएर परिवारसँग समय बिताइरहेको थिएँ। दबाबको मामलामा मसँग विपरित कथा छ’, उनले भनेका छन्।

रामचरण साउथका मेगास्टार चिरन्जीवीका छोरा हुन्। उनीमाथि पिताको विरासत सम्हाल्ने जिम्मेवारी पनि छ। के उनलाई पिताको विरासतलाई अगाडि बढाउन कुनै दबाब महशुस हुन्छ त? उनी भन्छन्, ‘मलाई थाहा छैन कि म यसबारे कसरी प्रतिक्रिया दिउँ। म अहिले सम्झन्छु कि अहिले म जे गरिरहेको छु त्यो महत्वपूर्ण छ। एक पिता, छोरा र भाईका रुपमा त्यो दिन मलाई जे सही लाग्छ, म त्यही गर्छु । यसैगरी एक–एकदिन म सही गर्दै गएँ भने वर्षदिन भरी सही नै गर्दै जानेछु।’

एसएस राजामौलीको फिल्म ‘आरआरआर’ सन् २०२२ मा रिलिज भएको थियो। फिल्ममा रामचरणका अलावा जूनियर एनटीआर, आलिया भट्ट, अजय देवगनलगायतका कलाकारको अभिनय थियो। यो फिल्म बक्सअफिसमा ब्लकबस्टर साबित भएको थियो। फिल्मको गीत ‘नाटू नाटू’ले ओस्कार अवार्डमा सर्वश्रेष्ठ ओरिजिनल स्कोरको अवाड जितेको थियो।

रामचरण अब राजनीतिक एक्सन ड्रामा ‘गेम चेन्जर’मा देखिँदैछन्। फिल्मको निर्देशन शंकरले गरिरहेका छन्। फिल्ममा उनीसँगै अभिनेत्री कियारा आडवाणी पनि छिन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १८:२६
Weather Update