टी२० विश्वकप क्रिकेटमा सुपर–८ को समीकरण पूरा

काठमाडौं— टी२० विश्वकप क्रिकेटमा ‘सुपर–८’ प्रवेश गर्ने बंगलादेश अन्तिम टोली बनेको छ। यो सँगै ‘सुपर–८’ समीकरण पुरा भएको छ। सोमबार बिहान भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गर्दै सुपर आठमा प्रवेश गर्यो।
विश्वकपको सुपर–८ मा समूह ‘ए’ बाट भारत र अमेरिका प्रवेश गर्दा समूह ‘बी’ बाट अस्ट्रेलिया र इङ्ल्यान्डले अन्तिम आठमा स्थान बनाए।
त्यस्तै समूह ‘सी’ बाट अफगानिस्तान र वेस्टइन्डिज प्रवेश गर्दा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र बंगलादेशले स्थान बनाउन सफल भए।
अब सुपर– ८ को १ नम्बर समूहमा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहँदा सुपर–८ को २ नम्बर समूहमा अमेरिका, इंग्ल्यान्ड, वेस्टइन्डिज र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्ने छन्।
हरेक समूहबाट शीर्ष दुईमा रहने टिमले सेमिफाइनलमा स्थान पक्का गर्ने छन्।
प्रकाशित मिति: सोमबार, असार ३, २०८१ ११:४१