News Griha :: न्यूजगृह
आयरल्याण्डमाथि पाकिस्तानको सङ्घर्षपूर्ण जित

काठमाडौं— पाकिस्तानले जारी टी२० विश्वकपको अन्तिम खेलमा आयरल्याण्डमाथि जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा पाकिस्तानले आयरल्याण्डमाथि ३ विकेटको सङ्घर्षपूर्ण जित हासिल गरेको हो।

आयरल्याण्डले दिएको १०७ रनको लक्ष्य पछाएको पाकिस्तानले १८.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

यसअघि आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको थियो।

समुह ए मा रहेका पाकिस्तान र आयरल्याण्ड दुवै समुह चरणबाटै बाहिरिएका छन्। पाकिस्तानले ४ खेलमा २ जित र २ हारपछि ४ अंक हासिल गरेर समुहमा तेस्रो भएको छ।

 त्यस्तै आयरल्याण्डले भने ४ खेलमा ३ खेलमा हार बेहोरेको छ र एक खेल वर्षाले रद्द हुँदा एक अंक हासिल गरेको थियो। समुह ए बाट भारत र अमेरिका सुपर आठमा पुगेका  छन्।
  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०८:२६
Weather Update