News Griha :: न्यूजगृह
बंगलादेशविरुद्व नेपाली टोलीको गैर जिम्मेवारीपूर्ण ब्याटिङ

काठमाडौं— आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्व सम्हालिन नसक्दा नेपाली टोली सङ्कटमा आएको छ। सात ओभरको समाप्तिमा नेपालले ५ विकेट गुमाउँदा मात्र २६ रन बनाएको छ।  बंगलादेशको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्।

बंगलादेशले दिएको १ सय ७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १४ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा ६१ रन बनाएर खेलिरहेको छ। 

बंगलादेशविरुद्व उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा भने सम्हालिन सकेन। बंगलादेशविरुद्व गैर जिम्मेवारीपूर्ण ब्याटिङ गर्दा नेपालका चार ब्याटरक्याच आउट भए। 

नेपालले पाचौँ विकेटका रुपमा सन्दीप जोरालाई गुमायो उनी १ रनमा क्याच आउट भए। 

छैटौँ ओभरको चौथो बलमा नेपालले ओपनर आशिफ शेखलाई गुमायो। १४ बलमा ४ चौका मद्दतमा १७ रन बनाएका ओपनर आशिफमुस्ताफिजुर रहमानको बलमा सकिब अल हसनको हातबाट क्याच आउट भए। पाचौँ ओभरको दोस्रो बलमा कप्तान रोहित पौडेल १ रन बनाउँदा क्याच आउट भए। 

नेपालले तेस्रो ओभरमा लगातार दुई विकेट गुमाएको थियो। तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई ४ रनमा गुमाएको नेपालले चौथो बलमा अनिल साहलाई गुमाएको हो। 

बंगालदेशका लागि तान्जिम हसन सकिबनेपालविरुद्द घातक बने। उनले आफ्नो स्पेलमामेडन राख्दै मात्र ७ रन दिँदा ४ विकेट लिए। मुस्ताफिजुर रहमानले एक विकेट लिए।

त्यसअघि वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थितअर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको बंगलादेश ३ बल अगावै १ सय ६ रन बनाउँदा अलआउट भयो। अहिले क्रिजमा गुल्सन झा र दीपेन्द्रसिंह ऐरी छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०८:१३
Weather Update