News Griha :: न्यूजगृह
न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्टले अब टी२० खेल नखेल्ने

काठमाडौं— जारी टी२० विश्वकपमा न्युजिल्याण्डको खराब प्रदर्शनका बीच अनुभवी तीव्रगतिका बलर ट्रेन्ट बोल्टले टी२० क्रिकेट नखेल्ने घोषणा गरेका छन्। 

उनले खेलको छोटो ढाँचामा जारी टी२० विश्वकप आफ्नो अन्तिम विश्वव्यापी प्रतियोगिता हुने बताएका हुन्।

बोल्ट सन् २०११ मा डेब्यु गरेदेखि नै न्युजिल्यान्ड टोलीका महत्वपूर्ण सदस्य रहेका छन्। 

उनीसँग टी२० विश्वकप, एकदिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलेको अनुभव छ। उनले सन् २०१४ यता चारवटा टी२० विश्वकपमा भाग लिएका छन्। 

युगान्डासँगको खेलअघि नै न्युजिल्यान्ड विश्वकपको सुपर आठ चरणबाटै बाहिरिएको थियो। 

टोलीले अब समूह सी मा आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीको सामना गर्नेछ, जुन ३४ वर्षीय बायाँ हाते बलरको टी२० विश्वकपमा अन्तिम खेल हुनेछ।   

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १०:०३
Weather Update