News Griha :: न्यूजगृह
स्कटल्याण्डमाथि अस्ट्रेलियाको सहज जित, इङ्ल्याण्ड 'सुपर–८'मा

काठमाडौं— अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङ्ल्याण्ड जारी टी२० विश्वकपको सुपर आठमा पुगेको छ।

आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटलाई पराजित गरेको हो।

स्कटल्याण्डले दिएको १८१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यस अघि स्कटल्याण्डले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो।

यो जितसँगै अस्ट्रेलिया समूह बी मा आफ्ना चारै खेल जितेर ८ अङ्कसहित शीर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ। त्यस्तै समूह बी बाट इङ्ल्याण्डले ४ खेलमा २ जित एक हार र एक खेल वर्षाले रद्द हुँदा ५ अङ्कसहित दोस्रो हुँदै सुपर आठमा पुगेको छ।

त्यस्तै स्कटल्याण्डको ४ खेलमा ५ अङ्क रहेपनि रनरेटको आधारमा पछि पर्दै तेस्रो भएपछि विश्वकपको समूह चरणबाट बाहिरिएको हो।
           

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०९:५४
Weather Update