News Griha :: न्यूजगृह
न्युजिल्याण्डसँग युगान्डा ९ विकेटले पराजित

काठमाडौं— आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले समूह चरणको अन्तिम खेलमा युगान्डालाई ८८ बल बाँकी हुँदै ९ विकेटले पराजित गरेको छ। दुवै टिम समूह चरणबाट बाहिर भइसकेकाले शनिबारको नतिजाले कुनै प्रभाव भने पर्ने छैन।

यो टी–२० विश्वकप इतिहासमा दोस्रो सबैभन्दा कम स्कोर र युगान्डाको नाममा लज्जास्पद कीर्तिमान हो। १८ दशमलब ४ ओभरमा पुगेर अल आउट हुनुपूर्व युगाण्डाले केवल ४० रन जोडेको थियो।

न्युजिल्याण्डका कप्तान केन विलियम्सनले टस जितेर बलिङ गर्ने निर्णय गरे जुन एकदम सही साबित भयो । पहिले ब्याटिङमा आएको युगाण्डाको टोलीले किवी बलरको सामना गर्न सकेन। टोलीका तीन ब्याट्सम्यान खाता नखोल्दै आउट भएका थिए भने मात्र २ रनमा ३ विकेट खसेको थियो। यसपछि आधा टोली १५ रनमै प्याभेलियन फर्किएको थियो । न्युजिल्याण्डको खतरनाक बलिङ विरुद्ध युगाण्डाका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन्। जसका कारण पुरै टोलीले ४० रन मात्र बनाउन सक्यो।

किवीज टोलीका लागि ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरको स्पेलमा एक मेडन राख्दै ७ रन दिएर २ विकेट लिए। यसबाहेक रचिन रविन्द्रले पनि आफ्नो ३ ओभरको स्पेलमा एक मेडन राख्दै ९ रन दिएर २ विकेट लिए। टिम साउथीको बलिङ पनि निकै बलियो थियो र युगाण्डाको टोलीले पनि प्रतिस्पर्धा गर्न सकेन।

जबाफी लक्ष्य न्युजिल्याण्डले ५.२ ओभरमा १ मात्र विकेट गुमाएर पूरा गरेको थियो। न्युजिल्याण्डका डेभोन कोनवेले नटआउट २२ रनको पारि खेले। फिन एलन भने ९ रन बनाएर आउट भएका थिए। रचिन रविन्द्र १ रनमा नटआउट रहे। युगान्डाका रिजात अलि साहले १ विकेट हात पारे। यो समूहबाट अफगानिस्तान र वेस्टइन्डिजले अन्तिम ८ मा स्थान पक्का गरेका छन्।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १०:०४
Weather Update