दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, पायो ११६ रनको विजयी लक्ष्य

काठमाडौं— टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको हो।
दक्षिण अफ्रिकाका रेज हेनड्रिक्कसले सर्वाधिक ४३ रन बनाए। नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ ०६:५४