News Griha :: न्यूजगृह
सलमानको सिकन्दरमा हलिउडको जस्तो एक्सन

काठमाडौं— सलमान खान आफ्ना फ्यानका लागि सिकन्दर ल्याउन लागेका छन्। यो फिल्म अर्को वर्ष रिलिज हुने भए पनि यसको निकै चर्चा भइरहेको छ।

गजनी जस्ता ब्लकबस्टर फिल्म बनाएका एआर मुरुगादासले यो फिल्म निर्देशन गर्दैछन्। यो फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन्।

हालै निर्माण पक्षले सामाजिक सञ्जालमार्फत चलचित्रको छायांकन जुन १८ गतेबाट सुरु हुने जानकारी दिएको थियो। मिडिया रिपोर्टका अनुसार फिल्मको एक्सन दृश्यहरू मिशन इम्पोसिबलका स्टन्ट निर्देशकले डिजाइन गर्नेछन्। 

टम क्रुजको चर्चित जम्प सिन फिल्म गर्ने एक्सन निर्देशकहरू पनि सलमान खानको फिल्मसँग जोडिने बताइएको छ। यो खबर बाहिर आएसँगै फ्यानहरूको अपेक्षा निकै बढेको छ। 

यस वर्ष इदको अवसरमा सलमानले फ्यानलाई उपहार दिँदै आफ्नो फिल्मको घोषणा गरेका थिए। अभिनेतासँग दक्षिणकै चर्चित अभिनेत्री रश्मिका मन्डन्ना पनि देखिनेछिन्। 

फिल्म आगामी वर्षको इदमा ११ अप्रिलमा हलमा रिलिज हुनेछ। सलमान सिकन्दरभन्दा पहिले टाइगर ३ मा देखिएका थिए। मनिष शर्मा निर्देशित यो फिल्मले बक्स अफिसमा सोचे अनुसार कमाई गर्न सकेन। फिल्ममा शाहरुख खानको पनि क्यामियो रोल थियो तर यो फिल्मले दर्शकमा खासै जादु छाड्न सकेन।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १०:०६
Weather Update