
काठमाडौं— आईसीसी टी२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिज पुगेको छ।
बिहीबार दिउँसो नै वेस्ट इन्डिज पुग्ने तयारीमा रहेको नेपाली टोली खराब मौसमका कारण फ्लोरिडामा नै रोकिएको थियो। लगातार वर्षाका कारण उडान रद्द भएपछि नेपाली टोली बिहीबार राति मात्र वेस्ट इन्डिज पुगेको हो।
वेस्ट इन्डिज पुगेको नेपाली टोलीले त्यहाँ सन्दीपसहित अभ्यास समेत गरिसकेको छ। नेपालस्थित अमेरिकी दुतावासले दुई पटक सन्दीपको भिसा आवेदन रद्द गरेपछि उनी बाँकी दुई खेलका लागि वेस्ट इन्डिज पुगेका थिए।
नेपालले शनिबार बिहान दक्षिण अफ्रिकासँग खेल्ने तालिका छ। सो खेल बिहान सवा ५ बजे सुरु हुनेछ।
पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको नेपाल श्रीलंकाविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो।
तीन खेलमा अपराजित रहेको दक्षिण अफ्रिका भने सुपर ८ मा पुगिसकेको छ।