News Griha :: न्यूजगृह
सिमसिम वर्षाले नेपाल र साउदीबीचको खेल प्रभावित
Photo: Cricket Association of Nepal-CAN

काठमाडौं—  एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र साउदी अरब बीचको खेल खराब मौसमका कारण प्रभावित भएको छ ।

समूह ‘ए’ मा रहेका नेपाल र साउदी बीचको खेल मूलपानी मैदानमा ९ बजेदेखि सुरु हुनुपर्ने तालिका थियो । तर, मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण साढे ८ बजे हुनुपर्ने टस अहिलेसम्म भएको छैन ।

मूलपानी माथिल्लो मैदानको पिच छोपिएको छ । सिमसिम पानी पर्न रोकिएको छैन । पानी पर्न रोकिएपछि खेल सुरु गर्ने तयारी छ ।  

mulpani-cricket21682307849.jpg

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०९:२७
Weather Update