News Griha :: न्यूजगृह
एसीसी प्रिमियर कप : नेपाल साउदी अरबसँग भिड्दै

काठमाडौं— एसीसी प्रिमियर कप क्रिकेटमा सोमबार दुई खेल हुँदै छन् । मुलपानी मैदानमा नेपाल र साउदी अरबबीच र कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइनबीच प्रतिस्पर्धा हुने छ ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुने छ । यसअघि भएको खेलमा नेपालले ओमनलाई ८४ रनले हराएको थियो भने साउदी अरबले कतारलाई सात विकेटले हराएको थियो । यसअघिको खेलमा विजेता रहेका दुवै टोली मैदानमा उत्रन लागेका हुन् ।

हङकङ भने यूएईलाई डीएल पद्धतिमा ६७ रनलाई हराएर बहराइनसँग भिड्न लागेको हो । बहराइन यस अघिको खेलमा कुवेतसँग दुई विकेट पराजित भएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०७:०३
Weather Update