News Griha :: न्यूजगृह
ओमनले मलेसियालाई हरायो

काठमाडौं— एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमनले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । 

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले दिएको दुई सय २८ रनको विजयी लक्ष्य पच्छ्याएको ओमनले ४१ दशमलव चार ओभरमा दुई विकेट गुमाउदै पूरा ग¥यो । 

ओमनका लागि  जितेन्दर सिहंले सर्वाधिक एक सय एक रनको योगदान दिए । उनले एक सय ११ बलमा १३ चौका र एक छक्काको मद्दतमा अविजित एक सय एक रनको योगदान गरेका हुन् । त्यस्तै कस्यप प्रजापतिले ६६ रन जोडे भने जिसन मक्सुदले ५२ रन बनाए । 

बलिङतर्फ मलेसियाका मुहम्मद अमिरले दुई विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ९४ रनको योगदान दिएका थिए भने मुहम्मद स्याहदातले ५५ रन बनाए । बलिङतर्फ ओमनका जिसन मक्सुदले चार विकेट लिए भने आयन खान र विलल खानले समान दुई÷दुई विकेट लिए ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १६:५०
Weather Update