News Griha :: न्यूजगृह
आयरल्याण्डलाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं— आईसीसी टी२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ।

बुधबार अमेरिकाको न्यूयोर्कमा भएको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै भारतले विजयी सुरुआत गरेको हो।

आयरल्याण्डले दिएको ९७ रनको सामान्य लक्ष्य भारतले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। भारतका लागि कप्तान रोहित शर्माले ५२ र ऋषभ पन्तले ३६ रन बनाए।

बलिङतर्फ आयरल्याण्डका मार्क ऐडेयर र बेन व्हाइटले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्डले १६ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनाएको थियो। उसका लागि ग्यारेथ डेलानीले २६, जस लिटिलले १४, कर्टिस क्याम्फेरले १२ र लोर्कान टकरले १० रन बनाए। 

आयरल्याण्डलाई सस्तैमा समेट्न भारतका हार्दिक पाण्डेयले ३, अर्शदीप सिंह र जसप्रित बुमराहले समान २र२ तथा मोहम्मद सिराज र अक्षर पटेलले समान १९१ विकेट लिए। प्रतियोगिताको समूह ए मा रहेका दुवै टोलीको यो पहिलो खेल हो।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ०७:१२
Weather Update