टी–२० विश्वकपः नेपाली टोलीलाई चिनियाँ राजदूतले दिए जितको शुभकामना
-1717486085.jpg)
काठमाडौं— नेपालका लागि चिनियाँ राजदूत चेन सङले आईसीसी टी–२० विश्वकपमा प्रतिष्पर्धा गर्न लागेको नेपाली टोलीलाई बधाई दिएका छन्।
मंगलबार दिउँसो राजदूत सङले सामाजिक सञ्जाल ‘एक्स’ मा भिडियो सार्वजनिक गर्दै नेपाललाई जितको शुभकामना व्यक्त गरेका हुन्।
‘म नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आगामी आईसीसी पुरुष टी–२० विश्वकप प्रतियोगितामा भव्य सफलताको शुभकामना व्यक्त गर्छु। चियर्स नेपाल,’ उनले भनेका छन्।
नेपालले आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाली समय अनुसार आज राति सवा ९ बजे नेदरल्याण्डस्सँग प्रतिष्पर्धा गर्दैछ। नेपालले १० वर्षपछि पहिलोपटक विश्वकप खेल्न लागेको हो।
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ १३:१३