News Griha :: न्यूजगृह
युगान्डामाथि अफगानिस्तानको शानदार जित

काठमाडौं— टी–२० विश्वकपमा समूह सी अन्तरगतको खेलमा अफगानिस्तानले युगान्डालाई सजिलै हराएको छ। मंगलबार बिहान भएको खेलमा अफगानिस्तान १ सय २५ रनले विजयी बनेको हो।

१ सय ८४ रनको लक्ष्य पछ्याएको युगान्डाले १६ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनाउन सक्यो। युगान्डाका लागि कुनै पनि ब्याटरले ठुलो योगदान दिन सकेनन्।

युगान्डाको इनिङ्स ध्वस्त बनाउन फजहलहक फारुकीले ५ विकेट लिए। ४ ओभर बलिङ गर्दै उनले ९ रन मात्र खर्चिए।

नवीन उल हक र रासिद खानले २–२ विकेट लिए भने मुजिब उर रहमानले १ विकेट लिए।

यसअघि अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो। दुई ओपनरले पहिलो विकेटका लागि १ सय ५४ रनको साझेदारी गरे।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०९:५३
Weather Update