एसीसी प्रिमियर क्रिकेटमा दुई खेल हुँदै

काठमाडौं— एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित खेल मैदानमा यूएई र र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा ओमान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ । शनिबार भएका खेलमा साउदी अरेबिया र कुवेत विजयी भएका थिए ।
साउदी अरेबियाले कतारलाई ७ विकेटले तथा कुवेतले बहराइनलाई २ विकेटले पराजित गरेर विजयी भएका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० ०७:१९