News Griha :: न्यूजगृह
साउदी लिगमा रोनाल्डोको कीर्तिमान

काठमाडौं— क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ कीर्तिमान बनाएका छन्।

गएराति सम्पन्न लिगको अन्तिम खेलमा अल इत्तिहाद विरुद्ध अल नासरको ४-२ को जितमा रोनाल्डोले २ गोल गरेका थिए। 

यो दुई गोलसहित यस सिजनको लिगमा ३५ गोल गर्दै रोनाल्डोले नयाँ कीर्तिमान बनाएका हुन्। रोनाल्डोले यस सिजनको लिगमा ३१ खेलमा ३५ गोल गरेका छन्।

ronaldo-saudi-pro-league-1716868894.jpg
रोनाल्डो साउदी प्रो लिगमा एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। यसअघि मोरक्कोका अबडेराजक हामदल्लाहले २०१८-१९ सिजनमा सर्वाधिक ३४ गोल गरेका थिए।

अल नासरले यस सिजनमा साउदी लिगमा दोस्रो स्थानमा रहेको छ। यस सिजनको साउदी लिग भने अपराजित रहँदै अल हिलालले जितेको छ।

अब अल नासरले आगामी शुक्रबार किङ कपको फाइनलमा अल हिलालसँग खेल्ने तालिका छ।
    
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०९:४७
Weather Update